असार ७ । कोपा अमेरिका २०२४ मा पूर्व च्याम्पियन अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको हो ।
पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गरेको गर्यो।
खेलको ४९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै पूर्व च्याम्पियनलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ८८औं मिनेटमा लियोनल मेसीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर पारे ।
७६औं मिनेटमा अल्भारेजको स्थानमा लाउटारो मार्टिनेजले गोल गरेका थिए । जितपछि अर्जेन्टिनाले समूह ए मा ३ अंक जोडेको छ ।अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ ।
भोलि नेपाली समय अनुसार ५स४५मापेरु र चिली बिच खेल हुनेछ ।










