आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा पर्यो : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, असार ६ । आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले प्रदेश र स्थानीय तहमार्फत ३० करोडभन्दा कमका आयोजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले साना आयोजनालाई बजेटमा समावेश गर्ने विषयमा प्रश्न उठाएका थिए । प्रधानमन्त्री प्रचण्डले जवाफमा भने, ‘चाहे जस्तो अझै हुन सकेन, यसको लागि हामी सबैले प्रयास गर्नुपर्छ ।

‘माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको ९निर्देशिका०, प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो ‘ ’ उनले अगाडि भने, ‘भन्दा भन्दै पनि साना आयोजाना राखिएको छ ।’

जे भएको छ ठीकै छ, भन्ने पक्षमा आफू नभएको भन्दै उनले परिर्माजन आवश्यक रहेको बताए । उनले थपे, ‘प्रयास जारी छ, साना आयोजना संघले कार्यान्वयन नगर्ने, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको