टोलीको खराब प्रदर्शनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद


असार ५ ।  टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको खराब प्रदर्शन लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तानबाट त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् ।

केन विलियम्सन अब न्युजिल्यान्ड टिमको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्र खेल्न सक्ने अपेक्षा गरिएको छ । २०२४ को टी–२० विश्वकपमा केन विलियम्सनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड टोलीको प्रदर्शन राम्रो थिएन । न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बाहिरिएको छ ।

न्युजिल्यान्डले वेस्ट इन्डिज र अफगानिस्तानसँग लज्जास्पद हार बेहोरेपछि टी–२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भएको छ । यही कारण केन विलियम्सनले न्यूजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका छन् । केन विलियम्सनले भने कि उनले केन्द्रीय सम्झौता पनि अस्वीकार गरे किनभने उनले विदेशी टी-२० लिग खेल्नुपर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको