
गुल्मी, असार ४ । गुल्मीमा एक जना व्यक्तिको मृत फेला परेको छ ।
इस्मा गाउँपालिका–१ का ६२ वर्षीय ठगबहादुर राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
प्रहरीका जेठ ३२ गते घरबाट खेत जान हिँडेका राणा ४ दिनपछि मुसिकोट नगरपालिका–२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टर सूर्यभान चौधरीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।