काठमाडौँ, असार ४ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न विषयमा छलफल हुनेछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
साथै, विभिन्न सांसदले मन्त्रालयको कटौतीसम्बन्धी सम्बन्धमा प्रस्ताव पेश गरी निर्णयका लागि पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।










