राज्य व्यवस्था समितिको बैठकमा एनजीओका कर्मचारीले दिवा खाजासहित उपस्थित भएपछि बैठक स्थगित


काठमाडौं, असार २ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक गैरसरकारी संस्था (एनजीओ)का कर्मचारीले दिवा खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको छ ।

समितिका सदस्य हृदयराम थानीका अनुसार बिहान ८ बजे बोलाइएको बैठकका लागि उनी केही मिनेट ढिलो पुगेका थिए । म चार मिनेट ढिलो थिएँ। जाँदै गर्दा, मैले टेबुलमा काँटा र चम्चा देखे। । के हो यस्तो भनेर सुरुमा मैले नै कुरा उठाएँ,’ सांसद थानीले भने ।

समितिमा ‘भीआईपी खाजा’ पक्कै कसैले स्पोन्सर गरेको होला भनेर आफूले जिज्ञासा राखेको, अन्य सांसदले पनि चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारी पनि सभाकक्षभित्रै रहेको थाहा भएको उनले जानकारी दिए ।

छलफलमा सांसदहरूले समितिमै एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठूलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने बताए ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए । गृहमन्त्री लामिछानेले एनजीओको संस्थाको खाजा खाएपछि कानुन बनाउनु उचित नभएको बताएका छन् । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए ।

त्यसपछि समितिका सदस्यहरु केहीबेर आन्तरिक छलफलमा थिए । तर बैठक औपचारिकतामा प्रवेश नै गर्न सकेन ।

‘एनजीओको खाजा खाएर विधेयकमाथि छलफल गर्ने कुरा राम्रो हुँदैन, यसले राम्रो सन्देश जाँदैन। साथै गृहमन्त्रीको अनुपस्थितिमा समितिको बैठक बस्न नहुने कुरा राखियो। त्यसपछि बैठक स्थगित भयो,’ सांसद थानीले भने।

समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको