आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै


असार १ । आज सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१(८२ को बजेट ल्याउँदैछन् । नेपालको संविधान, २०७२ को संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्छ ।

संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्नेछ, त्यसैगरी प्रदेशसभाले असार १ गते र स्थानीय सरकारले असार १० गतेसम्म बजेट पेश गर्नै पर्छ । सोही संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ ।

वाग्मती प्रदेश र मधेश प्रदेशले बजेट ल्याउन दिउँसो ४ दिउँसो ४ बजेट प्रदेश सभा बोलाएका छन् । यस्तै लुम्बिनी प्रदेश र कोशी प्रदेशको बैठक दिउँसो ३ बजे बोलाइएको छ । यसैगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसभाले पनि आगामी वर्षको बजेट आजै ल्याउनुपर्छ ।

त्यसमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा भने सङ्घको सत्ता राजनीतिको प्रभाव परेको छ । राजनीतिक अस्थिरता भए पनि संवैधानिक व्यवस्थाअनुसार सबै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भएको छ ।

प्रदेश सरकारले सङ्घले दिने अनुदान र स्थानीय आम्दानीका स्रोत राखेर बजेट ल्याउने गर्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको