चालु आर्थिक वर्षको १० महिनामा १ हजार २२५ नेपालीले त्यागे नागरिकता


Deep Diamond

असार १ । घिल्लो आर्थिक वर्षमा २३७ जनाले नेपाली नागरिकता त्यागेका थिए, भने चालु आर्थिक वर्षको १० महिना अर्थात साउन १ देखि वैशाख मसान्तसम्ममा १ हजार २२५ नेपालीले नागरिकता त्यागेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ गुणा बढी हो ।

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा करिब ७१ हजार नेपाली स्थायी बसोबास अनुमति पत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए । पीआर लिएर नेपाली १०९ देशमा पुगेका छन् । नेपालबाट स्थायी बसोबासका लागि खाडी राष्ट्र, चीन, कोरिया भन्दा युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जानेको संख्या बढी देखिएको छ ।

उता पिआर लिंदासम्म नागरिकता त्याग नगर्ने नेपालीहरुले उताको नागरिकता लिनको लागि भने नेपाली नागरिकता त्याग गर्ने गरेका छन् । नेपालको नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ, जसअनुसार नेपालमा रहेका नागरिकले जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

नेपाली नागरिकता त्याग गरेका अधिकाँश नेपाली गैरआवासीय नेपाली नागरिकता लिन इच्छुक रहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको