कारबाहीमा पर्दै गण्डकीका प्रदेशसभा सदस्य देवकोटा


पोखरा, जेठ ३२ ।  गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मतदान गर्ने नेसपा नेता तथा माओवादी सांसद फणीन्द्र देवकोटा आज निलम्बित हुने सम्भावना छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यस विषयमा जारी छलफलका कारण सुरु हुन ढिलाई भएको छ ।

संसद सचिवालयका एक कर्मचारीले आफ्नो निलम्बन वा कारबाहीको पत्र सभामुखको रिडिङ पेपरमा भने नभएको बताएका छन् । तर, माओवादीले आज देवकोटालाई कारबाही गर्ने बताउँदै संसद सचिवालयमा सूचना पुगेको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको