भारतसँग अमेरिका ७ विकेटले पराजित, ‘भारतले गर्‍यो अन्तिम आठमा प्रवेश


जेठ ३१ ।  भारत आईसीसी टी–२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह चरणको आफ्नो तेस्रो खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।

गएराति आयोजक अमेरिकालाई पराजित गर्दै भारतले समूह चरणको अन्तिम खेल बाँकी रहँदा अन्तिम आठमा स्थान पक्का गरेको हो ।

न्यूयोर्कमा घरेलु टोलीले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेट गुमाएर पार गरेको थियो ।

भारतका लागि सूर्यकुमार यादवले अर्धशतक बनाए । उनले ४९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएर नटआउट रहे ।

शिबम दुबेले पनि ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर नटआउट रहे ।

यसअघि रिशभ पन्तले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रनको योगदान दिएका थिए ।

ओपनर विराट कोहली पहिलो बलमै आउट भए भने अर्का ओपनर कप्तान रोहित शर्मा ६ बल खेलेर ३ रन बनाएर आउट भए ।

बलिङतर्फ अमेरिकाका शौरभ नेत्रवाकरले २ तथा अली खानले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर कुल ११० रन बनाएको थियो ।

त्यस क्रममा नितिश कुमारले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए ।

ओपनर स्टिभन टेलरले ३० बलमा २ छक्का प्रहार गर्दै २५ रन बनाए ।

कोरी एन्डरसनले १५ रन, कप्तान आरोन जोन्सले ११ रन र हरमित सिंहले १० रन जोडे ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले चार विकेट लिए । हार्दिक पाण्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।

भारतले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ भने अमेरिका ३ खेलबाट ४ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।

अन्तिममा भारतले क्यानडासँग, अमेरिकाले आयरल्याण्डसँग र पाकिस्तानले आयरल्याण्डसँग खेल्नेछ । अन्तिम आठमा पुग्ने अर्को टोली बाँकी खेलले निर्धारण गर्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको