नेपाल समाजवादी पार्टीले स्थापना दिवसमा पुराना पार्टीहरूलाई पठाएन निम्तो


Deep Diamond

काठमाडौं, जेठ ३० । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), ले स्थापना दिवसमा पुराना पार्टीहरूलाई निम्तो पठाएन ।

नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पुराना दललाई भने कार्यक्रममा बोलाइएको छैन ।

मञ्चमा पार्टीका अध्यक्ष भट्टराईसँगै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा देखिएका छन्।

साथै नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरी पनि कार्यक्रममा सहभागी छन्। कार्यक्रममा लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला, युग पाठकलगायतको सहभागिता रहेको छ ।

नेसपका केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले पुराना दललाई आमन्त्रण नगरिएको बताए । ‘नयाँ शक्तिहरूलाई आमन्त्रित गरिएको हो,’ उनले भने।

कार्यक्रम भने काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा हुँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको