प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ: माधव नेपाल


पोखरा, जेठ ३० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको बारेमा २४ घण्टा सोचेर नबस्ने बताएका छन् । पोखरामा पत्रकारसँग कुरा गर्दै उनले आफू परिस्थितिले प्रधानमन्त्री बनेको बताए ।

‘प्रधानमन्त्री मैले कसैसँग मागेर लिएको होइन, परिस्थितिले बनाएको हो । हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो, उनले भने, ‘माधव नेपाल कसैको अगाडि झुक्ने मान्छे होइन । मलाई कुनै स्वदेशी वा विदेशी शक्तिले डोमिनेट गर्ने जस्तो लाग्दैन । प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ ।’

नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन नसक्ने उनले बताए । ‘अझै पनि प्रतिगमनकारी शक्तिहरू छन्। परिवर्तन उल्ट्याउने सोच बनाइरहेका छन् । उनले भने, ‘संविधान संशोधन गर्नुपर्नेछ भने गरौँ तर यसलाई उल्ट्याउने कुरा कल्पना पनि नगरे हुन्छ ।’

उनले समाजवादी मोर्चालाई नयाँ ढंगले अगाडि बढाउन चाहेको बताए । हामी समाजवादी मोर्चालाई नयाँ ढंगले अगाडि बढाउन चाहिरहेका छौँ । प्रचण्डजीले प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । विभिन्न घटक र समूहसँग वार्ता भइसकेको छ,’ उनले थपे, ‘पाँच वटा एकै ठाउँमा हुन तयार छन् । उपेन्द्र यादवलाई पनि ल्याउने प्रयास गरेका छौं । एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेनन् ।’

पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादी पार्टी कसैले फुटाउने कल्पना नगर्न चेतावनी दिए । ‘ हल्ला चलिरहेको छ । दलको बैठक पनि बोलाइएको छ । पार्टीभित्र त्यस्तो कुनै संकेत छैन । आयाराम र गयाराम पार्टीमा छन् । ‘गयारामभन्दा आयाराम धेरै हो,’ उनले भने, ‘कसैले पार्टी फुटाउन खोज्यो भने सफल हुँदैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको