
काठमाडौं, जेठ २८ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा सवारी दुर्घटना न्यूनीकरणका लागि अत्यावश्यक सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षा मुद्रण सम्बन्धी विधेयक, २०७७’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराई एजेण्डा पेस गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउनुपर्ने’ प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।