मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी


जनकपुरधाम, जेठ २२ । नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

संयुक्त समाजवादी पार्टी मधेसका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । संयुक्त समाजवादी पार्टीका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन्।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले पदबाट राजीनामा दिएका छन् ।

जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले जानकारी दिइन्।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा ९एमाले०, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए।

यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो।

एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक छ ।

एमालेका सभामुखसहित २५, माओवादीबाट ९, जनमत पार्टीका १३ र एकीकृत समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् ।

यसका साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक-एक सांसदले समेत जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए।

उनका अनुसार नयाँ सरकारमा अलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ । तर, उनले जनमतबाट कति समय सम्म मुख्यमन्त्री बन्ने भन्ने खुलाएका छैनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको