मतगणना भइरहेका सिटमध्ये भारतीय जनता पार्टी १९२ सिटले अगाडि


Deep Diamond

जेठ २२ । भारतमा लोकसभा चुनावको मतगणना जारी छ ।

स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजेबाट सुरु भएको प्रारम्भिक चरणको मतगणनामा भारतीय जनता पार्टीले अग्रता लिएको छ ।

केही क्षेत्रमा मतगणना सुरु भइसकेको र केही क्षेत्रमा मतगणनाको तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार यो समाचार लेखेसम्म ३९० सिटमा मतगणना जारी छ ।

जसमध्ये भारतीय जनता पार्टी १९२ सिटमा अगाडि छ भने कांग्रेस ७४ सिटमा अगाडि छ । अन्य राष्ट्रिय तथा क्षेत्रीय दलका उम्मेदवार ११६स्थानमा अगाडि छन् ।

मतगणना सुरु भएको डेढ घण्टापछि यस्तो नतिजा आएको हो । आज साँझसम्म अन्तिम नतिजा आउने बताइएको छ ।

गुजरातको सुरत सिटमा भारतीय जनता पार्टीका मुकेश दलाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यहाँ कांग्रेसका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका थिए।

बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ ।

यस वर्ष भाजपा एनडीए र कांग्रेस भारतले गठबन्धन बनाएर चुनाव लडेका थिए। भारतका विभिन्न संघसंस्था र सञ्चारमाध्यमले यस वर्ष पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको