रतुवा खोलाले जीप बगाउँदा सवार दुई जनाको मृत्यु


विराटनगर, जेठ २२ । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ ।

इलामको चुलाचुली गाउँपालिका–५ चपेतीस्थित दमक लारुम्बाको कच्ची सडकखण्डमा सोमबार साँझ दमकबाट माङ्सेबुङ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा अचानक आएको बाढीले जीप बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जिप बगाउँदा इलामको मङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीया सर्मिला वानेम र मङ्सेबुङ–३ की निरु लिम्बुका ३ वर्षीय छोरा निहाङ लिम्बुको मृत्यु भएको हो ।

निरु लिम्बु घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ ।

लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी नदीले बगाउँदा चालकसहित तीनजनाले ज्यान बचाउन हाम फालेका थिए ।

गाडीका चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको