युएन पार्क–कुपण्डोल खण्डको पोल सार्न सुरु


जेठ २१ ।   बागमती करिडोरको युएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक पिच गरेको भन्दै आलोचना भएपछि पोल सार्न सुरु भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न सुरु गरेको हो । पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।

शुक्रबार साँझ सवारी आवातजावत बन्द गरेर युएन पार्कदेखि कुपण्डोलसम्मको सडक पिच गरिएको थियो । युएन पार्क–कुपण्डोल खण्डको करिडोर जीर्ण थियो । नपुर्दा यात्रा कष्टकर हुने गर्दथ्यो । हिउँदभरि धुलो उडेको यो सडक खण्डमा वर्षा सुरु हुन थालेलगत्तै पिच गरिएको हो ।

onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको