
काठमाडौं, जेठ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र आफ्नो पार्टीको जस्तो बनेको टिप्पणी गरेका छन् ।
शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच छलफल गरेर बजेट ल्याए राम्रो हुने बताए ।
सरकारमा सहभागी दलहरुसँग छलफल गरी छलफल गरेको भए यो बजेट निकै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।
ओलीले बजेटमा गम्भीर त्रुटि भएको भन्दै संसदमा खुलेर छलफल गर्ने बताए । सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए ।
हामी बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं। यसको अर्थ बजेटमा कुनै कमीकमजोरी औंल्याउनुहुँदैन भन्ने होइन’, उनले भने, ‘यदि एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल भयो भने त्यो कुरा भन्नुपर्छ।