मधेसवासीले खानेपानीको समस्यालिएर आइतबार काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन


काठमाडौँ , १९ जेठ ।  मधेस प्रदेश्मा खानेपानीको समस्यालाई लिएर मधेसवासीले आइतबार काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् ।

चुरेको संरक्षण र मधेसको खानेपानीको समस्या समाधानको माग गर्दै माइतीघरबाट बानेश्वरतर्फ जाँदै गरेको विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको छ ।

प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारी नयाँ बानेश्वरको सडकमा खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् ।

उनीहरुले ‘आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् ।

मधेसको खानेपानी समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या समाधान गर्न दबाब दिन २५ दिन पैदल हिँडेर काठमाडौं आएका मधेसका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्नामा बसेका थिए ।

सरकारले चुरे संरक्षणको नाममा वर्षेनी करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेसको ८० प्रतिशत चापाकल सुकेको चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले बताए । आफूले चुरेको सुरक्षाको माग उठाउँदा दलहरूले विरोधलाई बेवास्ता गरेको उनले आक्रोश व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको