आजको मौसमा परिवर्तन : आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना


काठमाडौं, जेठ १९ ।  नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। त्यस्तै कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखले बुलेटिन जारी गरी जानकारी दिएको छ।

त्यस्तै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र पहाडी भूभागका एक वा दुई स्थानमा राति मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको