
काठमाडौं, जेठ १८ । ६० किलोभन्दा बढी सुन तस्करी मुद्दामा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।
तेमाल गाउँपालिका निवासी ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
कान्छामान भनेर चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सिआइबीले अब दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका अनुसार लामाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । त्यसपछि सिआइबीले सुन तस्करीको अनुसन्धान को थियो ।