मेयर बालेन : सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे


काठमाडौं, जेठ १८ ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमा पार्किङ गर्न चाहनेले अहिले न्यूरोडको फुटपाथ विस्तारको विरोध गरेको बताएका छन् ।

मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो ।

‘न्युरोडमा सडकमा पार्किङ गर्न दिनुपर्छ भनी विरोध गर्नेहरु अहिले फुटपाथ तीन फिट बढाएपछि विरोध गरिरहेका छन्,’ मेयर शाहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । सडकमा तीन फिटभन्दा बढी पार्किङ हुँदा गाडी गुड्न सक्ने बाटो साँघुरो नहुँदा त्यही पार्किङले ओगटेको ठाउँ खाली गरेर फुटपाथ बनाइदिँदा यो कसरी हुन सक्छ ? गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ?’

उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडकका फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गरेको छ कि छैन भनेर पनि सोध्नु पर्ने उनको भनाइ छ ।

“प्रतिशोध लिने हो भने विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर कमिसन बढाउन खोज्नेलाई सँगै लिउँ, फुटपाथ बढाउन रोक्यो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले भनेका छन्।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने मेयर शाहको भनाइ छ।

काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ। यही कारण महानगर र सडक विभागबीच टसल देखिएको छ।

गत जेठ १२ गते महानगरले चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको