काठमाडौं, जेठ १८ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई भारतीय सीमा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामालाई काठमाडौं ल्याइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनी पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन् । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ ।









