एमालेको ६० जिल्लाको अधिवेशन सकिदै


Deep Diamond

काठमाडौं, जेठ १८ ।  सत्ता साझेदार नेकपा (एमाले) को ६० जिल्लाको अधिवेशन सकिएको छ । एमाले निर्वाचन आयोगले १३ औं निर्वाचनको मिति तय हुन बाँकी रहेको जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार ८ जिल्लाको अधिवेशनको मिति तय भई यही महिनाभित्र महाधिवेशन सकिनेछ ।

सोही अनुसार शुक्रबार र शनिबार मकवानपुर जिल्ला अधिवेशन हुने भएको छ । २० औँ र २१ औं प्युठान अधिवेशन चलिरहेको छ ।

२२, २३ र २४ गते नुवाकोट जिल्ला अधिवेशनको मिति तय भएको छ ।

त्यस्तै रुपन्देहीको अधिवेशनको २३ र २४ गते हुने मिति तय गरिएको सुब्बाले जानकारी दिए ।

२६ र २७ गते अर्घाखाँची अधिवेशन हुँदैछ । त्यस्तै २६, २७, २८ काठमाडौं अधिवेशन हुनेछ ।

काभ्रे अधिवेशन २८, २९ र ३० गते हुनेछ भने गुल्मी जिल्ला अधिवेशनको मिति २९ र ३० गते तोकिएको छ।

एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न परिपत्र गरेको थियो। एमालेले जिल्ला अधिवेशन सकिएलगत्तै २०८१ को कार्ययोजना थाल्ने तयारी गरेको छ । नयाँ कार्ययोजनाअनुसार जिल्लाका इन्चार्ज परिवर्तन हुनेछन् ।

अहिले एमालेले विभिन्न भूगोल कार्यक्षेत्र हुने गरी जिम्मेवारी दिएको छ । जसअन्तर्गत एक जिल्लाको नेता अर्को जिल्लाको इन्चार्ज भएर गएका छन्।

अहिलेसम्म कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुमको अधिवेशन टुंगिएको छैन । मधेस प्रदेशअन्तर्गतको धनुषा, सिरहा, सप्तरीको अधिवेशनको मिति भने तय हुन सकेको छैन ।

सुदूरपश्चिममा अछाम, डोटी र बझाङको अधिवेशनको मिति तय हुन बाँकी छ । गण्डकीको मनाङको अधिवेशन टुंगो लाग्न सकेको छैन । कर्णालीको डोल्पामा हुने अधिवेशनको मिति भने तय हुन सकेको छैन । एमालेले भूगोल बाहेकका विशेष विद्यार्थी तथा उद्योग व्यवसायका लागि विशेष जिल्ला कमिटीको बैठकको मिति तय हुन बाँकी रहेको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको