डलर साट्ने प्रलोभन देखाउदै सादा कागज दिएर लाखौँ ठगी


सिन्धुली, जेठ १४ । डलर साट्ने प्रलोभन देखाएर नगद १८ लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बाह्रबिसे नगरपालिका–३ बस्ने २४ वर्षीय श्याम तामाङलाई ठगी गर्ने ३ जनालाई रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोलन्जोर गाउँपालिका(७ लौकुनमा इलामका ४४ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रुपैयाँ ठगी गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । २० रुपैयाँको नोट र सादा कागजका टुक्रा डलर भन्दै ठगि गरेर फरार भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोस्ट हैवारबेसीबाट खटिएको प्रहरी टोलीले ठगी रकमसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १८ लाख रुपैयाँ, नेपाली रुपैयाँ २० दरका ६९ सिक्का, १ अमेरिकी डलर दरका २३७ सिक्का र प्रयोग गरिएका २ थान मोटरसाइकल बरामद भएको छ । हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको