प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि पार्टीका नेतासँग छलफलमा कांग्रेस सभापति देउवा


काठमाडौंं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल सुरु गरेका छन् । उनकै निजी निवासमा बैठक जारी छ ।

बैठकमा पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगीको विरोधमा आज काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आगामी वर्षका लागि ल्याइएका नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित एजेण्डा रहेको छ । उनीहरुले गृहमन्त्रीको संलग्नता रहेको सहकारी ठगी प्रकरणको छानबिन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । आजको बैठकमा पनि कांग्रेसले अवरोध जारी राखेको छ भने विरोधकै बीच सरकार नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा छ । अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको