कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्दै


काठमाडौं, जेठ १३ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरेअनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्ने सुरू गर्न लागेको हो।

आइतबार दिउँसो २ बजे काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन सुरु हुने बताइएको छ । केन्द्रीय कार्यसमितिका नेताहरुको सहभागिता हुनेछन्।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरी पीडितको पक्षमा संसद र सडकबाट आवाज उठाउने निर्णय गरेको थियो ।

सोही अनुसार कांग्रेसले सातवटै प्रदेश र जिल्लामा प्रदर्शन गर्ने भएको छ । सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको