प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच आज भेटवार्ता


काठमाडौ, जेठ ११ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

सो भेटमा राष्ट्रपति पौडेलले संसदमा भइरहेको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा चलिरहेको गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको बताएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको