जेठ ११ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्न आज राजस्थान रोयल्स (RR) र सनराइजर्स हैदरावाद (SRH) भिड्दैछन् ।
खेल राति भारतिय समय ७:३० र नेपाली समय ७:४५ माा चेन्नईमा हुनेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थान दसरो क्वालिफायरमा प्रवेश गरेको हो । पहिलो क्वालिफायरमा हैदरावाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । पहिलो क्वालिफायरको विजेता कोलकाता फाइनलमा पुगेको छ ।
यस वर्षको आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ खेल खेलिएका छन् ।
हैदरावादले १० खेल जितेको छ भने राजस्थानले ९ खेल जितेको छ । आजको विजेता पर्सीले उपाधिका लागि आइतबार कोलकाता नाइट राइडर्सको सामना गर्नेछन् ।










