काठमाडौं जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे अनावश्यक टिप्पणी गर्न नपर्ने बताएका छन् ।
आजदेखि काठमाडौंमा सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अदालतले प्रक्रिया अगाडि बढाउन भनिसकेपछि मैले अदालतको प्रक्रिया बुझ्याछु मैले’, प्रधानमन्त्री प्रचण्डले भने ।
त्यसपछि मिडियाले प्रश्न गरे, ‘सरकारले रिसिबी साध्यो रु भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केके रिसिबी ?’
गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रस्तुत गरेको आरोपलाई प्रधानमन्त्री प्रचण्डले खण्डन गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो । यो अदालती प्रक्रियामा उहाँ निर्दोष छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाल्छ ।’
नागरिकताको दुरुपयोग गरेको भन्दै उजुरीपछि सिरोहियालाई मंगलबार पक्राउ गरिएको हो । उनलाई मंगलबार नै धनुषा पुर्याइएको थियो । प्रअनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको छ ।










