अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा पेश गर्ने तयारी


Deep Diamond

जनकपुरधाम, जेठ ९ ।  दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा ल्याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।

उनलाई आज जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिए । २०८१ वैशाख १६ गते सर्लाहीका इन्द्रजित महतोले नागरिकता दुरुपयोग गरेको भन्दै सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।

जाहेरीको आधारमा जिल्ला अदालतले उनलाई मंगलबार पक्राउ गर्न अनुमति दिएको हो । सिरोहियालाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको