स्नुकर च्याम्पियनसिप प्रतियोगिता यहि जेठ १९ देखि


काठमाडौं, जेठ ९ ।   नेपाल विलियर्डस स्नुकर एण्ड तथा पुल सङ्घको आयोजनामा ​​पहिलो काठमाडौं स्नुकर च्याम्पियनसिप–२०२४ को आयोजना हुने भएको छ ।

जेठ १९ देखि २९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ विभिन्न क्लबका २५६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष सरोजकुमार मुलमीले पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । नेपालमा स्नुकर खेलको विकास र विस्तारका लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी पहिलो रनरअप खेलाडीले रु १ लाख र सेमिफाइनल पुग्ने खेलाडीले रु ५० हजार पाउनेछन् । त्यसैगरी क्वाटरफाइनल पुग्ने खेलाडीले रु १० हजार र प्रि(क्वाटर फाइनल पुग्ने खेलाडीले रु ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी चयन हुने खेलाडी र उत्कृष्ट राइजिङ खेलाडीले जनही रु १५ हजार पाउने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको