काठमाडौं जेठ ७। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश अख्तरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसविरूद्ध लाञ्छना लगाउन बन्द गरिदिन आग्रह गरेका छन्।
संघीय संसद भवन परिसरमा सोमबार पत्रकार सम्मेलन गर्दै लेखकले कांग्रेसविरूद्ध गैरजिम्मेवार लाञ्छना लगाउन बन्द गर्न आग्रह गरेका हुन्।
‘भोटको राजनीतिमा आएपछि तपाईले हामीलाई सहयोग गर्नुभएको हो। हामीले पनि सहयोग गरेका छौं,’ उनले भने, ‘तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को होरु बिर्सनुभयोरु शान्ति प्रक्रियामा तपाईं कसको नेतृत्वमा आउनु भएको होरु’
प्रचण्ड र माओवादीलाई शान्तिमा रूपान्तरण गरेर राजनीतिक दल बनाउन कांग्रेसको समर्थन रहेको पनि उनले बताए ।
‘भोलिका दिनमा मूल्य चुकाउनुपर्ला, के मूल्य चुकाउनुपर्छरु तपाईंहरू निरंकुशतातर्फ जाने, गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारीका बचतकर्ताको रकम हिनामिना हुने खतरा छ,’ लेखकले भने, ‘कतिमा ठगी भइसक्यो। उनीहरूको रकम सुनिश्चितता छैन। फिर्ताको कार्यक्रम र कार्ययोजना छैन। ठगी गर्नेलाई कारबाही गर्ने कुनै योजना छैन।
अनि नेपाली कांग्रेसका विरूद्धमा लाञ्छना लगाउने कुरा म आग्रह गर्छु, बन्द गरिदिनुस्। धेरै धम्क्याएर, तर्साएर कांग्रेस धम्किने र तर्सिने पार्टी होइन म यत्ति भन्छु।’ सेतोपाटि










