मुलुकका वर्तमान समस्या आपसी सहमति गरेर समाधान गर्नुपर्छ : मन्त्री भण्डारी


सुदूरपश्चिम, जेठ ४ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकका वर्तमान समस्या आपसी सहमति गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै जनताका मुद्दाले संसद्मा प्राथमिकता पाउनुपर्नेमा प्रतिपक्षी दलको प्रस्तुति अशोभनीय भएको आरोप लगाउनुभयो ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अत्यन्त सम्भावना र आशा बोकेको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेतासमेत रहनुभएका मन्त्री भण्डारीले नीति तथा कार्यक्रमअनुसार सरकारले बजेटको तयारी गरिरहेको बताउनुभयो ।

सहकारीबारे उहाँले भन्नुभयो, ‘सहकारी पीडितलाई न्याय दिन कानुनको अभाव छ, पहिले कानून बनाउनुपर्छ, कानुन बनेपछि दोषीलाई कारबाही गर्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको