कक्षा ५ सम्म चल्ने विद्यालयमा हाल २१ जना मात्र विद्यार्थी, ‘कारण के हो’ ?


तुलसीपुर , जेठ ४ ।   दाङको राप्ती गाउँपालिका–४ मा रहेको रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था नाजुक छ । गाउँ ठूलो भए पनि उचित व्यवस्थापन र विद्यार्थी आकर्षणको रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।

कक्षा ५ सम्म चल्ने विद्यालयमा हाल २१ जना मात्र विद्यार्थी छन् । शिशु कक्षामा एउटै पनि विद्यार्थी छैनन्, भने कक्षा १ मा ६ जना, कक्षा २, ३ र ४ मा ३/३ जना र कक्षा ५ मा छ जना विद्यार्थी छन् । तीमध्ये थोरै मात्र विद्यालय आउँछन् ।

‘विद्यालयमा सबै विद्यार्थी आउँदैनन्, त्यसैले दुई तहका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक बुद्धिमान चौधरीले भन्नुभयो । कहिले कक्षा १ र २ र कहिले २ र ३ सँगै पढाउनुपर्ने उहाँको भनाइ छ ।

गत वर्ष ४५ जना विद्यार्थी भए पनि यस वर्ष विद्यार्थी संख्या ह्वात्तै घटेको प्रा चौधरीले जानकारी दिनुभयो । नजिकै बोर्डिङ स्कुल खुलेकाले सबै विद्यार्थी त्यहाँ गएको उहाँको भनाइ छ । उहाँका अनुसार विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् ।

प्रअ चौधरीले नयाँ पुस्ताले विद्यालयको नेतृत्व गरे सामुदायिक विद्यालयको अवस्था सुधार्न सकिने आफ्नो अनुभव सुनाउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको