काठमाडौं, जेठ ३ । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् ।
उनले भने, ‘कतिपय सहकारी संस्थाले आफ्नो अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत हिनामिना गरी ठूलो रकम हिनामिना गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन् । बैठकले समग्र समस्या समाधान गर्न छानबिन समिति गठन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
बैठकले आउँदो मनसुनमा सरदरभन्दा धेरै वर्षात हुने प्रक्षेपण गरिएकाले त्यसका लागि आवश्यक पूर्वतयारी गर्न पनि सरकारसँग माग गरेको छ ।



















