
काठमाडौं, जेठ २ । अर्थमन्त्री वर्षमान पुनले तलब नपाएको गुनासो गरिरहेका निर्माण व्यवसायीहरूको आगामी आर्थिक वर्षको बजेटबाटै भुक्तानी गरिने बताएका छन् ।
बुधबार आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले सरकारको मनोबल उच्च रहेको समेत बताए ।
‘हिजो प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारी र उत्पादनका विषय उठेको छ ।
यी विषयवस्तुमै केन्द्रमा राखेर बजेट आउँछ,’ उनले भने, ‘मौद्रिक नीति पनि आउँछ र बजेटसँग तालमेल मिल्ने गरि आउँछ, आउनपर्छ ।
नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयलाई बजेटमा समावेश नगरिने उनले बताए ।
सरकार सबै क्षेत्रका लागि एउटै समान भएकाले सबैको सुझाव समेटिएको उनले बताए । ‘एकाथरी भन्नुहुन्छ, बजेटको आकार नबढाउनुस्, फेरि हाम्रो हाहाकार हुन्छ । अर्काले भन्छन् बजेटको आकार बढाउनोस् । पुनले भने, ‘अर्थतन्त्र चलाउन बनाउन यो जरूरी हुन्छ ।’