काठमाडौँ, जेठ २ । बुधबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा पुगेको थियो ।
चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । यसअघि वैशाख ९ गते र हिजो चाँदीले प्रतितोला १ हजार ७ सय ४० रुपैयाँको कीर्तिमान बनाएको आज भने १ हजार ७ सय ४५ रुपैयाँमा कायम भएको छ ।









