काठमाडौँ, जेठ १ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको पहलमा संसद भवन बानेश्वरमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल भएको छ। छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको हो ।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभाको गरिमा र पहिचान कायम गर्न तल्लो सदनको विवादलाई माथिल्लो सदनमा ल्याउनु राम्रो नभएको बताए ।
हामीले आफ्नो निर्णय आफै गर्न सक्छौं भन्ने सन्देश दिनु महत्त्वपूर्ण छ। उहाँहरूले त्यहाँको प्रतिनिधि सभामा सहमतिरअसहमति उतै मिलाउनु हुन्छ । यस्तो अवस्थामा हामी परिपक्व र विज्ञ सभा सदस्यहरूले हाम्रो परिपक्वता देखाउँछन्। त्यसैले प्रतिपक्षमा रहेका आदरणीय सदस्यहरूलाई बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस्।
छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै अवरोध नगर्ने स्पष्ट पारे । ‘धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ । यो हाम्रो पार्टीको निर्णय हो,’ उनले भने ।



















