आफूमाथि लागेको आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने


काठमाडौं, वैशाख ३१ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने बताएका छन् । त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनले बताए ।

सहकारी अनयमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । राष्ट्रपतिले वैशाख १ गते (प्रतिनिधिसभा र राष्ट्रियसभाको) संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसको अघिल्लो दिन प्रधानमन्त्री पुष्पमकम दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको