नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा हुनेछैन


काठमाडौँ, बैसाख ३१ ।  फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को लागि संयुक्त छनोटको एक भागको रूपमा, यूएईसँगको खेल दशरथ रंगशालामा हुनेछैन । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।

तर एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानबारे प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जनाएको छ । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए ।

उनीहरुले त्यतिबेला मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए । यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो । उक्त खेल नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो ।

रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ । तोकिएको समयसीमाभित्र न्युट्रल भेन्यू नभए नेपालले यूएईसँगको होम म्याच गुमाउने छ भने नयाँ भेन्यू फिफाले नै खोज्नेछ । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको