मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने


Deep Diamond

विराटनगर, बैसाख ३१ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ ९५० अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई अहिलेसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बुले पनि विश्वासको मत दिने बताउनुभएको छ ।

कोशी प्रदेशसभामा ९३ सांसदमध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक छ ।

यसैबिच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ । औपचारिक निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ । यस्तै राप्रपाले पनि विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन । एकीकृत समाजवादीका सांसदहरू भने प्रदेशसभा बैठकमा अनुपस्थित रहने बताइएको छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेस २९, माओवादी १३, राप्रपा ६, नेकपा (एकीकृत समाजवादी) ४ र जसपा नेपालका १ जना सांसद छन् । रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको