कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्दै


काठमाडौँ, बैसाख ३१ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।

सोमबार दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक बस्ने भएको छ । संसदीय दलको बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। संसदको बर्खे अधिवेशन २८ गतेबाट सुरु भएको थियो ।

कांग्रेसले सहकारी बचतको दुरुपयोगमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने बताएपछि पहिलो दिनको बैठक नै अवरूद्ध हुन पुग्यो।

सत्तारुढ दल संसदीय छानबिन समिति गठन गर्न सहमत भएका छैनन् ।

यसैबीच सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रधानमन्त्रीले संसदको गतिरोध हटाउने विषयमा आज साँझसम्म एउटा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सेतोपाटी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको