काठमाडौं, वैशाख ३० गते ।
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा चिरञ्जीवीले नेपालले राजीनामा दिएका छन् ।
मन्त्रिपरिषद्को एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णयको विरोध गर्दै विवादमा परेको नेपालले पदबाट राजीनामा दिएको हो ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।
गत वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कालापानी र लिपुलेकको नयाँ नक्सा एक रुपैयाँको नोटमा समावेश गर्ने निर्णय गरेको थियो ।
सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै नेपालले भारतसँग वार्ता चलिरहेको अवस्थामा नयाँ नक्सा नोटमा राख्नु गलत भएको बताए ।
शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डा. चिरञ्जीवीले नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो विषयलाई संसदमा गम्भीरतापूर्वक उठाउने बताएका थिए ।
(onlinekhabar)