काँग्रेसका सभापति देउवालगायतका नेताहरू पुगे बालुवाटार


Deep Diamond

काठमाडौं, वैशाख ३० गते ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन् ।

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले बालुवाटारलाई बोलाएको कांग्रेस नेताले बताए ।

नेपाली कांग्रेसले संसदको विस्तारित अधिवेशन सुरु भएको दिन शुक्रबारको बैठक अवरुद्ध गरेको थियो ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

तर सत्तारुढ दल संसदीय छानबिन समिति गठन गर्नै नपर्ने अडानमा छ ।

दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेकाले संसदमा गतिरोध देखा भएको छ ।

त्यसको अन्त्यका लागि प्रतिपक्षीसँग छलफल गर्ने र सौहार्दपूर्ण वातावरण तयार गरी संसदका बाँकी कामहरू अगाडि बढाउनेबारे प्रयास थालिएको हो।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको