सर्वोच्च अदालतमा आज नागरिक स्वतन्त्रता पार्टी अध्यक्ष विवादको सुनुवाइ


काठमाडौं, बैसाख ९ गते ।

सर्वोच्च अदालतमा आज नागरिक स्वतन्त्रता पार्टी अध्यक्ष विवादको सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा मुद्दाको पेशी तोकिएको छ ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कैलालीको टीकापुरमा पुस २७ गते भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश हुने वा नहुने भन्नेबारे सर्वोच्चबाट निक्र्योल हुनेछ । चौधरीले निर्वाचन आयोगसहित चार निकायलाई विपक्षी कायम गरेर रिट दायर गरेका थिए ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको