सञ्चार तथा कानुन राज्यमन्त्री शारदादेवी थापालाई बधाई तथा सफल कार्यकालको रेडक्रसद्वारा शुभकामना दिदै


काठमाडौँ, वैशाख ७ गते ।

नेपाल रेडक्रस सोसाईटी महोत्तरी उपशाखा बर्दिवासले शुक्रवार मधेश प्रदेशकी नब नियुक्त गृह, सञ्चार तथा कानुन राज्यमन्त्री शारदादेवी थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सम्मान गरेको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका १ निवासी प्रदेश सरकारका मन्त्री थापालाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री तथा नेपाल रेडक्रस सोसाईटी महोत्तरी उपशाखा बर्दिवासका अध्यक्ष रेबन्त कार्की (सुदिपले) एक समारोहका बिच संयुक्त रुपमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुँन ।

बधाई कार्यक्रममा रोटरी क्लबका अध्यक्ष कृष्ण प्रसाद गौतम ,नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघका अध्यक्ष हिरालाल गौतम बर्दिवास हेल्प फाउन्डेसनका उपाध्यक्ष दानबहादुर थापा (बिष्णु) उद्योग बाण्ज्यि संघ बर्दिवासका प्रतिनिधि उषा ढकाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

(आज्ञा खबर)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको