सुदूरपश्चिमा नयाँ मुख्यमन्त्रीको दाबी गर्न दिएको दुई दिनको म्याद आज सकिँदै


धनगढी, वैशाख ६ गते ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीको दाबी गर्न दिएको दुई दिनको म्याद आज सकिँदै छ ।

यसअघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले आज बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् ।

यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टा छुट्टै दाबी पेस गरेका थिए । तर, लक्ष्मणकिशोरलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरि सरकारमा दाबी गर्न आव्हान गरेका थिए ।

सत्ता समीकरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अगाडि सारेको छ । तर, सोडारी विवादस्पद व्यक्ति भएको भन्दै एमालेले विकल्प खोज्न भनेपछि यो विषय पेचिलो बनेको छ । यता एकीकृत समाजवादीको सचिवालय बैठकले भने सोडारीलाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेको छ । अब एमालेले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने तयारी गरेको छ ।

(इकागज)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको