शेरबहादुर देउवा र अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता


काठमाडौँ, वैशाख ६ गते । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गोलफुटारमा भेटवार्ता भएको एक नेताले जानकारी दिए ।

उहाँहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे छलफल भएको थियो । त्यस्तै, कोशी प्रदेशको समस्याबारे पनि छलफल भयो,’ सेतोपाटीसँग कांग्रेस नेताले भने, ‘वैकल्पिक समीकरणका विषयमा पनि छलफल भएको छ।

यसअघि फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनको निवासमै गएका थिए। बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । तर नेकपा (एमाले)ले उनलाई समर्थन गरेको छैन ।

यस्तो अवस्थामा भेट हुनु अर्थपूर्ण रूपमा हेरिएको छ। प्रदेश सरकार गठन लगायत विषयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल गठबन्धनसँग रुष्ट छन्।

त्यही असन्तुष्टिका कारण कांग्रेससहितको संयुक्त समाजवादी पार्टीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो।

नेकपा (एमाले), माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्दै दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको