नेपाल र साउदीबीचको खेलमा हिलोका कारण टसमा ढिलाइ


वैशाख ५ गते ।

ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको मैदान हिलोका कारण टस ढिला भएको छ ।

ओमानको अल अमिरत क्रिकेट स्टेडियममा ११ः४५ बजे तय भएको खेलको टस ढिलो भएको छ । गएराति परेको पानीका कारण जमिन भिजेको थियो ।

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ ।

मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो ।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ ।

दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ । साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन् ।

समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ । समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ ।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ र  कुवेत र युएईको ४-४ अंक छ ।

अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी(२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेको छ ।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको